हामी १४ अप्रिल २०२१ देखि साल्पा अनलाइन डटकममार्फत नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका छौं । हामी ठूलो उदेश्य वा महत्वकांक्षी योजना लिएर यस क्षेत्रमा प्रवेश गरेका हैनौ । हाम्रो स्रोत, साधन र क्षमताले जति काम गर्न सक्छौं, त्यसमै सन्तुष्ट हुनेछौं ।
पत्रकारिता एउटा आन्दोलन वा अभियान पनि हो । जनतालाई सूचना दिने मात्र होइन, समाज र देश बदल्ने, सबै जाति र समुदायको सामाजिक न्याय र समानताकाे लागि एउटा आन्दोलन पनि हो, पत्रकारिता । अर्को हिसाबमा पत्रकारिता क्षेत्र व्यवसायिक र सेवामूलक दुवै हो । आर्थिक हिसाबले यो निकै जटिल र चुनौतीपूर्ण छ, सामाजिक तथा राजनीतिक हिसाबले यो संवेदनशील र महत्वपूर्ण छ । पत्रकार तथा सञ्चारमाध्यमहरुले यी सबै पक्षहरुलाई सन्तुलन गरेर अघि बढ्नुपर्दछ । हामी पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने प्रयास गर्नेछौं । हामी समाज र देशप्रति सधैँ जवाफदेही हुनेछौं । र, सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित व्यवसायिक पत्रकारिताको अभ्यास गर्नेछौं ।
पत्रकारिताको बिटको हिसाबले हामी अहिले सबै बिटमा काम गर्न सक्दैनौं । किनभने हामीसँग सीमित जनशक्ति छ । हामी थोरै काम गर्छौं तर पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर तथ्य र निष्पक्ष समाचार प्रस्तुत गर्छाैं । हामीलाई तपाईंहरुको सहयोग चाहिएको छ । हामीलाई हाम्राे इमेल तथा फेसबुक पेजमा सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिनुहोस् । हामी तपाईंहरुको सही सुझावलाई मानेर अघि बढ्नेछौं ।
विजय चाम्लिङ, प्रकाशक तथा प्रधान सम्पादक
यानिमा सञ्चार प्रा.लि ।