समाजवादी महिला संघ प्रदेश १ अध्यक्षमा ओममाया आङदेम्बे

समाजवादी महिला संघ प्रदेश १ समिति गठन गरिएको छ ।

गत भदौ १९ गते प्रदेश १ को धरानमा आयोजित कार्यक्रमबाट ओममाया आङदेम्बेको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा राजकुमारी यादव, गंगासागर राई सेर्मा, फुलमाया नेम्वाङ, सचिवमा गायत्री आले, सहसचिवमा कमला रुम्दाली र कोषाध्यक्षमा लीला राईलाई चयन गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट समिति गठन गरिएको हो ।

नवगठित समितिका पदाधिकारीहरुलाई समाजवादी महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादवले सपथग्रहण गराएकी थिइन् ।

प्रतिवद्धता जनाउँदै नवनिर्वाचित अध्यक्ष ओममाया आङदेम्बे

पार्टीको राजनीतिक समिति सदस्य तथा प्रदेश १ सहइन्चार्ज निर्मला तावा लिम्बूको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा जनवर्गीय संगठन इन्चार्ज सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य भीम राई, लीला सिटौला, रमेश राई, रञ्जु ठाकुर लगायतका नेताहरुको सहभागित थियो ।

कार्यक्रममा संघीय परिषद् अध्यक्ष राईले सहभागीहरुलाई प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img