बन्याे जनमुक्ति भन्दा मंगोल ठूलो पार्टी

गोरेबहादुर खपाङ्गीले स्थापना गरेको राष्ट्रिय जनमुक्ति पार्टी गोपाल गुरुङले स्थापना गरेको मंगोल नेशनल अर्गनाइजेशनभन्दा कमजोर स्थितिमा पुगेको छ ।

गत मंसिर ४ गतेको निर्वाचनमा दुवै दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाए पनि जित्न सकेनन् ।

तर, पार्टीले पाएको समानुपातिक मत हेर्दा राष्ट्रिय जनमुक्ति भन्दा मंगोलन नेशनल अर्गनाइजेशन निकै बलियो देखिएको छ ।

२०४७ सालमा स्थापना भएको जनमुक्ति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिकमा २३,९३४ मत प्राप्त गरेको छ भने २०६४ सालमा स्थापना भएको मंगोलन नेशनल अर्गनाइजेशनले ४९,००० मत पाएको छ ।

जनमुक्ति र मंगोल दुवै पार्टीलाई प्रमुख रुपमा आदिवासी जनजातिहरुको मुद्दा उठाउने पार्टीको रुपमा बुझिन्छ ।

दुईमध्ये मंगोल नेशनल अर्गनाइजेशन जनजातिका पक्षमा कडा धारको मानिन्छ ।

प्रदेशसभातर्फ पनि दुई दलले पाएको समानुपातिक मत हेर्दा मंगोल नेशनल अर्गनाइजेशन नै बलियो हुँदै गएको देखिन्छ भने जनमुक्ति पार्टी कमजोर बन्दै गएको छ ।

प्रतिनिधिसभातर्फ प्राप्त समानुपातिक मत :
राष्ट्रिय जनमुक्ति पार्टी २३,९३४
मंगोल नेशनल अर्गनाइजेशन ४९०००
प्रदेश १ :
जनमुक्ति ५,९३७
मंगोल २५,३८७
मधेश प्रदेश :
जनमुक्ति १८७०
मंगोल २८०८
बागमती प्रदेश :
जनमुक्ति १९९५
मंगोल ११०९०
गन्डकी प्रदेश :
जनमुक्ति ४०५६
मंगोल ११६३६
लुम्बिनी प्रदेश :
जनमुक्ति १७,८६७
मंगोल ११,८६७
कर्णाली प्रदेश :
जनमुक्ति २०४
मंगोल ५७४
सूदुरपश्चिम प्रदेश :
जनमुक्ति २१६
मंगोल ६७०

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्