प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकका लागि बेलायत सरकारसँग काेराेनाकाे खाेप मागेका छन् ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री ओली र बेलायती राजदूत निकाेला पाेलिटबीच भेटवार्ता हुँदा प्रधानमन्त्री ओलीले नेपाली नागरिकका लागि बेलायत सरकारसँग काेराेनाकाे खाेप मागेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री ओली र बेलायती राजदूत पाेलिटबीच भेटवार्ता भएकाे र साे क्रममा नेपालकाे तर्फबाट बेलायत सरकारसँग खाेप माग गरिएकाे बताए ।
थापा अनुसार भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान लगायतबारे कुराकानी भएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपालका लागि बेलायती राजदूत Nicola Pollit ले शिष्टाचार भेट गर्नुभयो।
उक्त अवसरमा बेलायतले गरेकाे सहयाेगका लागि प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै नेपाली जनताकाे लागि AstraZeneca Covid- 19 vaccine उपलब्ध गराउन अनुराेधसमेत गर्नुभएको छ। pic.twitter.com/XRT0GooY09— Surya Thapa (@ThapajiSurya) May 20, 2021