Friday, December 9, 2022
15.9 C
Diktel

नेपाली समाज बेलायतको अध्यक्षमा कमलप्रसाद राई निर्वाचित

जनता समाजवादी पार्टीको प्रवास संगठन नेपाली समाज बेलायतको अध्यक्षमा कमलप्रसाद राई निर्वाचित भएका छन् ।

आइतबार अल्डरशटको एम्पायर हलमा भएको समाजको प्रथम महाधिवेशनबाट राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि समाजका सहअध्यक्ष थिए ।

महाअधिवेशनबाट बल्लभ गुरुङ, हुमकुमारी गुरुङ, सुमित्रा राई, युमा लिम्बू र विजय लुम्फुङ्वा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सचिवमा मिलनचन्द्र राई, सहसचिवमा लीला सेलिङ माबो, कुमार घले र तेज माबो लिम्बू निर्वाचित भएका छन् ।

यसैगरी कोषाध्यक्षमा विनोदकुमार राई र सहकोषाध्यक्षमा धनकाजी गुरुङ र दिलसिंह मेन्याङबो लिम्बू निर्वाचित भएका छन् । समाजमा २२ सदस्य र १३ पदाधिकारी गरी ३५ जना रहने व्यवस्था गरिएको छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भर्चुअल रुपमा महाधिवेशनकाे उद्घाटन समाराेहमा सम्बाेधन गरेका थिए ।

सो क्रममा उनले पार्टी निर्माण कार्यमा प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा भर्चुअल रुपमा पार्टीका केन्द्रीय सदस्य तथा प्रवास इन्चार्ज आङकाजी शेर्पा र लन्डनस्थित नेपाली दुतावासको कार्यवाहक राजदूत रोशन खनालले शुभकामना दिएका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भगवान चाम्लिङ, एनआरएनए बेलायतकी पूर्वअध्यक्ष पुनम गुरुङ, होन्स्लोका मेयर विष्णुबहादुर गुरुङ, तमूधी बेलायतका अध्यक्ष हितकाजी गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतकी सभापति कोपिला लिम्बू, महामन्त्री इन्द्रहाङ लिङदेनलगायत उपस्थित थिए ।

याे पनि पढ्नुहाेस्

नेपाली समाज बेलायतको अध्यक्षमा कमलप्रसाद राईको उम्मेदवारी

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्