धरान उपमहानगरका मेयर हर्क साम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीलाई अपिल गरेका छन् ।
मेयर सम्पाङले शुक्रबार एक वक्तव्य जारी गरी केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको उल्लेख गरेका छन् ।
वक्तव्यमा उनले भनेका छन्, ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकताक कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपिल गर्दछु ।’
केहीदिन अघि धरानमा आन्दाेलनकै रुपमा आदिवासी समुदायका मानिसहरुले सार्वजनिक रुपमा गाेरु काटेर खाएका थिए । साेकाे विराेध गर्दै केही हिन्दु धर्मका अगुवाहरुले भदाै ९ गते धरानमा पुगेर प्रदर्शन गर्ने घाेषणा गरेका थिए ।
जसका कारण सामाजिक सद्भाव भड्किएर हिंसा मच्चिन सक्ने भय उत्पन्न भएपछि मेयर साम्पाङले वक्तव्य जारी गरी सद्भाव कायम गर्न अपिल गरेका हुन् ।
भदाै ९ गते धार्मिक हिंसा हुन सक्ने अनुमान गरी स्थानीय प्रशासनले भदाै ९ गतेकाे दिन निधेषाज्ञा जारी गरेकाे छ ।