पहाडकाे लागि धान अरू अन्नभन्दा नयाँ बाली हो। मकै र बदाम अमेरिकाबाट आयो, कोदो अफ्रिकाबाट आयो, धान चीनबाट आयो, गहुँ मध्येपूर्वबाट आयो।

धान कहिले चीनबाट मधेस झर्यो, मधेसबाट पहाड कहिले उक्ल्यो होला भनेर किटान गर्न सकिँदैन।

चन्दननाथले जुम्लामा धान भित्र्याएको हुनाले देवता मानिए।

त्यही समयतिर होला पहाडमा पहिलो पटक धान उकेरेपछि मीठो अन्न खान पाइने खुसीमा त्यसैको टिको लगाएर मानिस नाचे होला।

मानिसले सबभन्दा पहिले गरेको खेती गहुँ थियो। गहुँका अन्य प्रजातिहरू थिए।

जहाँ देवी र दानवका कथा लेखिए, राम र रावणको कथा लेखिए ती ठाउँहरूमा न अच्छेता लगाइन्छ, न जमरा सिउरिने चलन छ।

कसैले चामलको टीकासँगै लगाउने फूलपातिको रूपमा बिउमा उम्रने गुण छ कि छैन भनेर कतै अजकिलो ठाउँमा परीक्षणका लागि पोखेको ठाउँमा उम्रेका गहुँ, जौ, उवाका पिपिरा (जमरा) टिपेर टोपीमा सिउरे होला।

त्यसरी धानको चामल र हिउँदे चासको बिरुवाको जमरा लगाएर अन्न उत्सव मनाउने परम्परा बस्यो।

मकै त धानभन्दा पनि पछि आएको थियो। ढिलै आए पनि मकैले जमरामा स्थान पायो।

प्रारम्भमा न दसैँ देवी पुजा थियो न असत्यमाथि सत्यको जितकाे उत्सव थियो। विशुद्ध कृषि उत्सव थियो।

पुराण कथा कहिले लेखिए भन्ने कुराको कुनै टुङ्गो छैन। पुराणहरू लौकिक संस्कृत भाषामा लेखिएका छन्। लिपि देवनागरी प्रयोग गरिएको छ।

देवनागरीको वर्तमान स्वरुप बाह्राै शताब्दी पूर्व विकसित भएको थिएन।

हस्तलिखित एउटा पुराण पनि नेपालमा फेला परेको छैन।

यो तथ्यले पुराण कथाहरू इलाहावादको गीता प्रेसले छाप्न थालेपछि नेपाल आइपुगेको पुष्टि गर्छ। अंग्रेजहरूले वनारसमा विश्व हिन्दु विद्यालय स्थापना गरेपछि संस्कृत भाषाको पढाइलेखाइ विस्तारित भयो।

पन्ध्राैं र साेह्राैं शताब्दीपछि चीनबाट छापाखाना आयो, अनि मात्र वनारसबाट मोटा अक्षरमा पुराण कथाहरू छापिन थाले।

उन्नाइसौं शताब्दीमा इलाहावादको गीता प्रेसले संस्कृत साहित्यहरू छापेर सस्तो मूल्यमा वितरण गरेपछि नेपालमा एक्कादुक्का पुस्तक आउन थाले।

त्यसपछि बल्ल नेपाली समाजले महिषासुर र देवीका कथा पढे, सुने, सुनाए। शतचण्डी, दुर्गाकवच र देवी भागवत पढे।

अर्थात्, नेपालमा देवी भगवतीको कथा प्रवेश गरेको बिसौं शताब्दीको मध्येतिर मात्र हो।

चानचुन दुई सय वर्षअघि देवी दुर्गाको कथा आयो। अनि त्यो कथा कोटहरूमा छिर्यो, माइस्थानहरूमा कब्जा जमायो। दसैँलाई पनि छोडेन।

जहाँ देवी र दानवका कथा लेखिए, राम र रावणको कथा लेखिए ती ठाउँहरूमा न अच्छेता लगाइन्छ, न जमरा सिउरिने चलन छ।