भूमिसम्बन्धी सबै काम क्रमबद्ध रुपमा भइरहेको छः मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चाैधरीले मुलुकभरका सुकुमबासीहरुको व्यवस्थापनको काम क्रमबद्ध रुपमा भइरहेको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक–२०८० अन्तर्गत सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो भएकी हुन् ।

उनले भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोगबाट कार्य भइरहेको जानकारी दिँदै कमैया, कमलरी लगायतका विषय सम्वोधनका लागि कार्यविधि तयार गरी स्थानीय तहमार्फत कार्य अगाडि बढाइने बताइन् ।

यस कार्यकालाई सबै प्रदेश सरकारसँग समेत समन्वय गर्ने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले सांसद बलराम भण्डारीले सरकारले जग्गा किनबेचमा किन रोक लगाएको भनी गरेको प्रश्नमा सरकारले जग्गा किनबेचमा रोक नलगाएको प्रष्ट पारिन् ।

उनले भूमिको दिगो विकास र उपयुक्त व्यवस्थापनका लागि भू–उपयोग नियमावली जारी भएको र त्यसको संशोधनको तयारी भइरहेको जनाइन् ।

बैठकमा सांसदहरुले सहकारीमा देखिएको विकृति र समाधानमा सरकारले ठोस योजना ल्याएर कार्यान्वयन गर्न नसकेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले सहकारी विभागमार्फत कार्ययोजना तयार गरी आफ्नाे कार्य क्षेत्रभित्र पर्ने सहकारीहरुको अनुगमन र निरीक्षण गर्ने कार्य भइरहेको बताइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्