टेलिकमका प्रबन्ध निर्देशक र कार्यकारी निर्देशक पौडेलद्वय पक्राउ

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिता पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी गरिएकाे उजुरीका आधारमा अख्तियारबाट अनुसन्धान हुँदा पौडेलद्वयले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको पाइएकाे अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यसैगरी, नेपालको सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको तथा विकलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकाले उनीहरुले कसुरसम्बन्धी प्रमाण नष्ट गर्न सक्ने देखिएको आयोगको ठहर छ ।

साथै फरार हुने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले सुनिता र विकललाई बुधबार नियमानुसारको उजुरी पक्राउ पूर्जी दिई हिरासतमा लिई थप अनुसन्धान अघि बढाइएकाे घिमिरेले जनाएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img