लिङ्देनको सुझाव शेर्मालाई: ‘फेद न टुप्पाको प्यार–प्यार नबोल्नू’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले किरात धर्म गुरु चन्द्रकुमार शेर्मालाई संघीय साहित्यमा केन्द्रित भई निचोडका कुराहरू मात्र बोल्न सुझाव दिएका छन्।

लिम्बुवान प्रदेशका अभियान्ता लिङ्देनले शेर्मालाई भने, ‘निचोडहरू बोल्नू, सय बोरा तोरी पेलेर निस्किएको एक थोपा तेल जस्तो बाेल्नू।’

हालै शेर्माले मुन्दुममा लिम्बुवान र खम्बुवान नभएकाले ती नाममा प्रदेश हुन नसक्ने र कोशी प्रदेशको नाम किरात प्रदेश राखिनु पर्ने धारणा केही युट्युबरहरूसँग राखेका थिए। उनी पहिलेदेखि नै यही धारणा राख्दै आएका हुन्।

तर, लिङ्देनले भनेका छन्, मुन्दुमभन्दा पहिले मातृभाषाको विकास भएकोले कोशी प्रदेश सरकारले हाल लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि बढाएको छ।

आफ्नो फेसबुकमा उनले लेखेका छन्, ‘मानव उत्पत्ति र विकासको सन्दर्भमा करिब १५–२० हजार वर्षको कडा प्रयासले मातृभाषाहरू बनेका हुन्। हो, त्यही जेष्ठ, सबैभन्दा जेष्ठ भाषालाई लिम्बू भाषा भनेर प्रदेश १ सरकारले सरकारी कामकाजको भाषा बनाउँदैछ। मुन्दुमभन्दा जेठो लिम्बू भाषालाई मान्यता दिइसकेको छ।’

शेर्मालाई संघीय साहित्यमा चिन्तन गर्न आग्रह गर्दै उनले फेद न टुप्पाको कुरा नगर्न सुझाव दिएका छन्।

साथै, उनले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न सके धेरै राम्रो हुने तर केवल ‘किरात’ राखिएमा राई र लिम्बू दुवै सकिने खतरा रहेको बताएका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img