नेकपा एमालेका नेता तथा वन तथा वातावरण मन्त्री प्रेम आले मगरले गृहजिल्ला डोटीमा चीन सरकारले अनुदानमा दिएकाे अक्सिजन सिलिण्डरमा आफ्नाे तस्बिरसहितकाे स्टिकर टाँसेर वितरण गरेका छन् ।
साेमबार काठमाडाैंदेखि हेलिकोप्टर चढेर डोटी पुगेका मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि भन्दै अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
उनले जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरेका छन् ।
९ वटा स्थानीय तहलाई पाँच पाँच वटा अक्सिजन सिलिण्डर, दुई दुई वटा एचडियु बेड र पाँच पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरेका छन् ।
मन्त्री आले सबै सामग्री आफैले लगानी गरी खरिद गरेकाे दाबी गरेका छन् । यसका लागि उनले ६० लाख भन्दा बढी पैसा खर्च गरेकाे दाबी गरेका छन् ।
तर सामाजिक सञ्जालमा भने उनकाे विराेध भइरहेकाे छ । गत वैशाख २१ गते चीन सरकारले नेपालमा निलाे रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो ।