साकेला उभौलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

किरात राईहरुको प्रमुख चाड उभौली साकेला २०७८ को अवसरमा किरात राई यायोक्खाले मंगलबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

साकेला उभौलीको पूर्व सन्ध्यामा जुम भिडियोबाट कार्यक्रम गरिएको हो ।

कोभिड–१९ को नयाँ भेरियन्टको महामारीका कारण भौतिक रुपमा भेला भएर चाड मनाउन नमिल्ने अवस्थामा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ‘साकेलाको महत्व र प्रवद्र्धनको सवाल’बारे अन्तरक्रिया समेत गरिएको थियो ।

मुन्दुम अध्येता भोगीराज चाम्लिङले साकेलाको अर्थ र पृष्ठभूमिबारे प्रस्तुती दिएका थिए । वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले साकेलाको गीत संगीतबारे प्रस्तुती दिए ।

यायोक्खा अध्यक्ष दिवस राईको अध्यक्षतामा भएको कार्यक्रमलाई महासचिव जनक राईले सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेपालसहित भारत, बेलायत, कतार, दुबई, अमेरिकालगायत विभिन्न देशका राई तथा यायोक्खाका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रममा यायोक्खाका पूर्वअध्यक्षहरु, विभिन्न भाषिक तथा भातृसंगठनका प्रतिनिधिहरु गरी करिब ढेड सय जना सहभागी थिए ।

साकेला उभौली किरात राईहरुले हरेक वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने गर्छन् । यसवर्ष वैशाख पूर्णिमा बुधबार (जेठ १२ गते) परेको छ ।

उभौली र उधौली राईहरुका साथै सुनुवार, याक्खा लिम्बु, थामी लगायत अन्य किरातीहरुले पनि मनाउँछन् । तर, उनीहरुले भिन्नभिन्न नामले यो चाड मनाउँछन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्