सुरु भयो किरातहरुको उभौली

किरात समुदायको प्रमुख चाड उभौली बुधबारबाट सुरु भएको छ । प्रकृतिपूजक किरातहरुले हरेक साल उभौली र उधौली गरी दुई पटक चाड मनाउने गरेका छन् ।

राई, लिम्बु, याक्खा, सुनुवार, थामीलगायत किरात समुदायले वैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली मनाउँछन् ।

किरात राईहरुले वैशाखे पूर्णिमादेखि झण्डै एक महिनासम्म नै साकेला उभौली मनाउने गरेका छन् ।

यस चाडमा उनीहरुले आफ्नाे पितृ तथा पुर्खाहरु र भूमि तथा प्रकृतिको पूजा गर्छन् । उनीहरु साकेला थानमा भेला भएर प्रकृतिकाे विभिन्न जीव जनावरहरुको नक्कल गर्दै साकेला सिली समेत नाच्दछन् ।

खेतबारीमा बाली लगाउनुअघि उभौली र बाली उठाएपछि उधौली मनाइन्छ । नयाँ अन्नको परिकार पहिले पितृहरुलाई चढाएपछि मात्र खाने चलन किरातीहरुमा छ ।

यो चाडलाई लिम्बुहरुले यक्वा तङ्नाम, सुनुवारहरुले श्याँदार पिदार, याक्खाहरुले चसुवा आदिकाे रुपमा मनाउँछन् ।
समग्रमा किरात समुदायकाे सबै मानिसहरुले रहेक साल उभौली र उधौली मनाउँछन् ।

नेपालमा यसवर्ष पनि कोरोनाभाइरसको महामारी कायम रहेकोले औपचारिक विधि तथा अनुष्ठान मात्र पूरा गरी उभौली मनाइने छ ।

काठमाडौंको टुँडिखेल, ललितपुरको नखिपोट, भक्तपुरको सानोठिमी लगायत विभिन्न स्थानमा ठूलो संख्यामा भेला भएर साकेला सिली नाचिँदै आएकोमा यस वर्ष साकेला नाचिने छैन ।

ललितपुरको सानो हातीवनस्थित किरात खिममा भने बुधबार सबै किरात समुदायको नछुङहरु र केही प्रतिनिधिहरु भेला भएर पुजा गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्