खसविरुद्ध भ्रम फैलाएको भन्दै खस क्षेत्री एकता समाजद्वारा केसीलाई कारबाही

राष्ट्रिय जनगणनाका बारेमा भ्रम फैलाएको भन्दै खस क्षेत्री एकता समाजले वैकल्पिक उपाध्यक्ष राजन केसीलाई कारबाही गरेको छ ।

समाजका अध्यक्ष लक्ष्मण बस्नेतले मंंगलबार एक विज्ञप्ति जारी गरी समाजका वैकल्पिक उपाध्यक्ष रहेका केसीले अनाधिकृत रुपमा वक्तव्य जारी गरेको भन्दै उनलाई समाजको साधारण सदस्यबाट समेत निलम्बन गरिएको जनाएका हुन् ।

केसीले जनगणनामा खस क्षेत्रीहरुले धर्मको महलमा ‘हिन्दु’ लेख्नुपर्ने भन्दै ‘खस क्षेत्री एकता समाज आदिवासी जनजाति’को लेटरहेडबाट विज्ञप्ति निकालेर अपिल गरेका थिए ।

खस क्षेत्री एकता समाजले भने धर्मको महलमा ‘मस्ट’ लेख्नुपर्ने भन्दै अभियान चलाउँदै आएको थियो । जातिमा ‘खस’, पुर्खाको भाषामा ‘खस’ र धर्ममा ‘मस्ट’ लेखाउने समाजको अभियान छ ।

‘मस्ट’ खसहरुको धर्म नभएर एक संस्कृति मात्र भएको केसीको तर्क छ ।

‘यही मिति २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना भइरहेको अवस्थामा खस क्षेत्री एकता समाजको नाममा प्रकाशित अनाधिकृत विज्ञप्तिप्रति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । खस क्षेत्री एकता समाजको स्थापनाकालदेखिको मान्यतामा हामी खस जाति, पुर्खाको भाषा खस र मस्ट धर्मावलम्बी भएकोमा कुनै किसिमको विवाद नभएको र कर्णाली र सुदूरपश्चिम प्रदेशका खस जातिको मातृभाषा खस भएको र अन्य प्रदेशको खसहरुको मातृभाषा नेपाली रहेको सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अनाधिकृत वक्तव्य जारी गर्ने तथाकथित उपाध्यक्ष भनिएका राजन केसीलाई अनुसन्धान कारबाहीका लागि समाजबाट साधारण सदस्य समेतबाट हाललाई निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

युवराज कार्की संस्थापक रहेको खस क्षेत्री एकता समाज आदिवासी जनजाति र दुर्गा चापागाईं अध्यक्ष रहेको खस क्षेत्री एकता समाजबीच २०७४ सालमा एकता गरी ‘खस क्षेत्री एकता समाज’ बनाइएको थियो ।

केसीले जारी गरेकाे विज्ञप्ति

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्