सब कुरा अमेरिकी योजनामै हुँदैछ भन्ने भरत दाहालकाे दाबी अस्वीकार्य

विश्व भूराजनीतिका ज्ञाता भनिने भरत दाहाल (त्रिमूल पार्टी अध्यक्ष) का अनुसार २०४६, २०६२-२०६३ सालकाे जनआन्दोलन र २०८२ को जेन जेडकाे विद्रोह त के नेपालमा बस्ने हर कोहीले खाने, बस्ने, हिँडडुल गर्ने मात्रै नभएर सास समेत अमेरिकाको आदेशमा मात्रै फेरेको ठोकुवा गर्छन्।

नेपाल जटिल भूराजनीतिक परिवेशमा रहेको सत्य हो। त्यसैले हामी हमेसा सतर्कतापूर्वक अघि बढ्नु पर्दछ। तर, शासक भ्रष्ट भए अमेरिकाले गर्दा, भ्रष्टाचार र सुशासनको माग राखी आन्दोलन भयो अमेरिकाले गर्दा, देशले चुच्चे नक्सा जारी गर्‍यो चीनले गर्दा, ओली सत्ता गयो भारतले गर्दा, फेसबुक लगायत सामाजिक सन्जाल बन्द गरेको पनि अमेरिकाले र ती सन्जाल सरकारी दर्ता प्रक्रियामा आउन नदिने पनि अमेरिका नै।

अहिलेको अस्थिर राजनीतिको डिजाइनर पनि र भोलिको आगत राजनीतिक भविश्य पनि अमेरिकाकै योजनामा हुँदैछ भन्ने दाहालको भाष्यमा पूर्णतः सहमत हुन सकिन्न।

हाम्रा शासकहरू जनचाहना र देशको आवश्यकता अनुसार चलेनन्। बरू भ्रष्ट, अनैतिक र विदेशीको दलाल भए। वैदेशिक सहयोग-अनुदान र आईएनजिओका कारण विस्तारवादी-साम्राज्यवादीले अनुचित चलखेल गर्ने मौका पाएको प्रस्ट छ। यो नै हाम्रो धरातलीय यथार्थ हो।

आफ्नै कारणले निम्त्याएको समस्यालाई पुरापुर नजरअन्दाज गरेर दिन र रात भएको पनि विदेशीले गर्दा नै हो भन्ने घोर नकारात्मक भाष्यले देश संकट मुक्त हुन सक्दैन।

आफ्नो आङको जुम्रा पहिले देखौं, ओखतीमुलो गरौ। एकोहोरो पल्लाघरेको हानुवा राँगोलाई धारेहात लगाएर नसरापौं।

आगे, स्थिति खतरामुक्त छैन। तर देश अरू भयानक हिंसामा नफसाई शान्तिपूर्ण अग्रगामी निकासमा पुगोस्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img