Wednesday, February 8, 2023
11.8 C
Diktel

यलम्बर दिवसकै दिन पारेर गोपाल किरातीले थाल्दैछन् ‘किरात देश’ अभियान

काठमाडौं । पहिचानको आधारमा प्रदेश नं १ लाई किरात प्रदेश वा पहिचानमा आधारित नाम राख्न प्रमुख दलका शीर्ष नेताहरु असहमत भएपछि पूर्वमाओवादी नेता गोपाल किरातीको नेतृत्वमा ‘किरात देश’ जागरण अभियान सुरु हुँदैछ ।

आगामी माघ १ गते किरात यले संवत्काे नयाँ वर्ष तथा यलम्बर दिवसकाे दिन पारेर किरातीको नेतृत्वमा ‘यलम्बर दिवस तथा किरात देश जागरण अभियान’ सुरु हुन लागेको हो ।

पूर्वमन्त्री समेत रहेका नेता किरातीले फेसबुकबाट आफ्नाे अभियानमा उपस्थित हुन आग्रह पनि गरेका छन् ।

माओवादी आन्दोलनका कमान्डर पुष्पकमल दाहाल प्रचण्ड हालै तेस्रोपटक प्रधानमन्त्रीको शपथग्रहण लिँदा दौरा-सुरुवाल र टोपीमा सजिएका थिए ।

उनले सोमबार मात्रै पुस २७ गतेलाई पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक विदा समेत दिएका छन् ।

माओवादीले नेकपा एमालेसँग एकता गरी नेकपा निर्माण गरेपछि उक्त पार्टी छोडेका नेता किराती भने उत्पीडित जातिकाे पहिचान र अधिकारकाे सवालमा खरो रुपमा उत्रने तयारीमा देखिएका छन् ।

उनले किरात प्रदेश नामकरण गर्न शासक दलका नेताहरु तयार नभएपछि मुलुक नै बिखण्डन हुने गरी किरात देश अभियान चलाउने साेच बनाएका हुन् ।

गाेपाल किरातीले फेसबुकमा सेयर गरेकाे निमन्त्रणा पाेस्टर ।

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्