अहिले पहिचानको लडाइँ निकै विवेक पुर्‍याएर लड्नुपर्नेः शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले अहिले पहिचानको लडाइँ निकै विवेक पुर्‍याएर लड्नुपर्ने अवस्था आएको बताएका छन् ।

पार्टीनिकट समाजवादी महिला संघको ललितपुरमा भएको बैठकमा नेता राईले सो कुरा बताएका हुन् ।

उनले अहिले पहिचानवादी र पहिचानविरोधीहरुको बिचमा मात्र नभएर अहिलेसम्म प्राप्त उपलब्धिहरुलाई नै उल्टाउने शक्ति सलबलाइरहेकोले पहिचानको लडाइँ विवेक पुर्याएर गर्नुपर्ने बताए ।

उनले हिजोका जनयुद्ध, जनआन्दोलन, आदिवासी जनजाति, आन्दोलन, मधेस आन्दोलन, दलित, महिलाहरुको आन्दोलनबाट प्राप्त संविधानका अधिकारहरुलाई जोगाउनै थप अधिकारका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img