जसपाले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने

जनता समाजवादी पार्टी, नेपालले सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

बुधबार सम्पन्न जसपाकाे पहिलाे केन्द्रीय समितिको बैठकले आगामी भदौ ९ देखि १७ गतेसम्ममा सातै प्रदेशका विभिन्न स्थानमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको हाे ।

जसपाका कार्यकारिणी समिति सदस्य गंगानारायण श्रेष्ठकाअनुसार प्रदेश १ को विराटनगरमा भदौ ९ गते
प्रदेश २ को जनकपुरमा भदौ ११ गते,
बाग्मती प्रदेशको काठमाडौँमा भदौ ९ गते,
गण्डकी प्रदेशको पोखरामा भदौ १५ गते,
लुम्बिनी प्रदेशको भैरहवामा भदौ १३ गते,
कर्णाली प्रदेशको सुर्खेतमा भदौ १७ गते र
सुदूरपश्चिम प्रदेशको धनगढीमा भदौ ११ गते अभिमुखीकरण कार्यक्रम गरिने छ ।

काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पाटी प्यालेसमा आयोजित बैठकले सम्मानजनक ढंगले सरकारमा सहभागिता जनाउने निर्णय पनि गरेको छ ।

बैठकले वर्तमान परिस्थितिमा पार्टीको कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) निर्देशिका पारित गरेको छ ।

सुज अभियानका लागि वरिष्ठ नेता अशोक राईलाई संयोजक बनाइएको छ ।

जसमा रेणुकुमारी यादव, गंगानारायण श्रेष्ठ, रामसहायप्रसाद यादव, डम्बर खतिवडा, प्रकाश अधिकारी र रमेश यादवलाई सदस्य बनाइएको छ ।

बैठकले कार्यकारिणी समितिले गरेका निर्णयहरुको अनुमोदन गर्नुका साथै नेता प्रेमकृष्ण पाठकलाई क्रान्तियोद्धाको रुपमा सम्मान गर्ने निर्णय गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्